अर्थ / वाणिज्य

मंगलबार सुनको भाउ स्थिर, चाँदीको भाउ तोलामा १० रुपैयाँले बढ्याे

मंगलबार सुनको भाउ स्थिर, चाँदीको भाउ तोलामा १० रुपैयाँले बढ्याे

काठमाडौं,भदौ ११ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि अघिल्लो दिनकै मूल्य निर्धारण गरिएको छ ।

आज  प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।  यसअघि भदौ ५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ मंगलबार तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी आज १८५० रुपैयाँ कायम भएको हो ।

 

 

Related Post