काठमाडौं,पुस ११ । सुनको मूल्यमा आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ । सुनको मूल्य आज छ सय रुपैयाँले बढेको हो ।हिजो तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ ।