अर्थ / वाणिज्य

सुन तोलामा १२०० रुपैँयाले बढ्यो

सुन तोलामा १२०० रुपैँयाले बढ्यो

काठमाडौं,माघ ३ । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेको हो ।बुधबार १८३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १८८० रुपैयाँ कायम भएको छ ।

 

 

 

Related Post