अर्थ / वाणिज्य

सेयर बजार २६ महिनाकै उच्च विन्दुमा,कति पुग्यो?

सेयर बजार २६ महिनाकै उच्च विन्दुमा,कति पुग्यो?

काठमाडौ,साउन १ । २६ महिनापछि सेयर बजारले आज २३०० अंक नाघेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो ।

 यस दिन कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५।४५ प्रतिशत बढ्यो । 

त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।

 

 

Related Post