अर्थ / वाणिज्य

होटल-रेस्टुरेन्टमा क्युआर कोडको प्रयोग बढ्दो, १४ प्रतिशत ग्राहक नगदबिनै आउँछन्

होटल-रेस्टुरेन्टमा क्युआर कोडको प्रयोग बढ्दो, १४ प्रतिशत ग्राहक नगदबिनै आउँछन्

 काठमाडौं,पुस २८ । पछिल्लो समय नेपालमा क्यासलेस कारोबार बढ्दै गइरहेको छ । क्युआर कोड तथा डिजिटल मार्फत कारोबार गर्दा पैसा बोकेर हिड्नु पर्र्ने झन्झट पनि कम भएको छ । सरकारी तथ्यांकलाई हेर्दा पछिल्लो समय बढि होटल तथा रेस्टुरेन्टमा क्युआर कोड तथा डिजिटलमार्फत भुक्तानी रकम तथा कारोबार बढेको देखाएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९र०८०मा गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार नेपालमा १४.१ प्रतिशतले होटल तथा रेस्टुरेन्टको बिल अनलाइन माध्यमबाट कारोबार गर्ने गरेको पाइएको छ ।

नेपालमा आर्थिक वर्ष २०७८(०७९ ९२०२०र२१० को जुन-जुलाईमा क्युआर कोडबाट कारोबार सुरुवात भएको थियो । हालै सार्वजनिक गरिएको तथ्यांकअनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ वटा होटल र रेस्टुरेन्ट रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले ७ प्रदेशमा रहेको होटल तथा रेस्टुरेन्टमा गरेको सर्वेक्षण अनुसार क्युआर कोर्डसेवा सुरु भएको छोटो समयमा नै प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ ।

 डिजिटल माध्यमबाट भुक्तानी गर्नेमा बागमति प्रदेश पहिलो नम्बरमा रहेको छ । सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट रहेको बागमति प्रदेशमा २०.७ प्रतिशतले अनलाइन माध्यमबाट कारोबार गर्ने गरेको पाइएको छ ।

त्यसैगरी  कोशीमा ९.४ प्रतिशतमात्रै अनलाइन कारोबार भएको देखिन्छ । जहाँ २५ हजार ८८७ वटा होटल रेस्टुरेन्ट रहेका छन् । यस्तै सबैभन्दा पर्यटक पुग्ने गण्डकीमा  ९.४ प्रतिशतले मात्र अनलाइनबाट रकम भुक्तानी गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

मधेशमा सबैभन्दा कम ३.३ प्रतिशतले मात्रै अनलाइनमा माध्यमबाट कारोबार गरेको देखिन्छ । सुदूरपश्चिममा १६.९ प्रतिशतले अनलाइनमाध्यमबाट कारोबार गर्दा लुम्बिनीमा १३.८ प्रतिशत, कर्णालीमा ९.६ प्रतिशत पाहुनाले अनलाइन कारोबार गरेका छन् ।

तथ्यांक कार्यालयले गरेको सर्वेक्षण अनुसार नेपालमा ८४.९ प्रतिशत ग्राहकले बिल नगद तथा चेकबाट भुक्तानी गर्छन् । क्रेडिट कार्ड वा डेविट कार्डबाट ०.३ प्रतिशतले बिल भुक्तानी गर्दा त्यस्तै चेक, नगद, डेविड क्रेडिट, डिजिटल वालेटबाहेक अन्य माध्यमबाट ०.७ प्रतिशतले बिल तिर्ने गरेको पाइएको छ ।

 

Related Post