काठमाडौं, कात्तिक २२ । आज सुनको मूल्य ह्वातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय तोकेको छ ।
हिजो छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।