अर्थ / वाणिज्य

२८ महिनायताकै उच्च बिन्दुमा शेयर बजार

२८ महिनायताकै उच्च बिन्दुमा शेयर बजार

काठमाडैं,साउन ३ । आज बिहीबार सेयर बजार  ५९.६८ अंक बढेको छ ।  सो अंकको वृद्धिपछि नेप्से २४२४ अंकमा कायम भएको छ । नेप्सेको यो अंक २७ महिनायताकै उच्च हो ।आज १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ५ को स्थिर रह्यो ।

यस दिन बैंकिङ समूहको सूचक सबैभन्दा धेरै ६.२८ प्रतिशत बढ्यो । विकास बैंक १.३१, होटल तथा पर्यटन १.०४, जीवन बीमा १.२९, उत्पादन १.१७, माइक्रोफाइनान्स २.७७, निर्जीवन बीमा १.०५, अन्य २.३० र ब्यापार समूह ०.४६ प्रतिशत बढ्यो ।


 

Related Post